जिल्ला स्तरीय राष्ट्रपतीय रनिङ शिल्ड जारी , गोरखा मावि तुलसीपुर शीर्ष स्थानमा

Author Logo..
                        लक्ष्मण बस्नेत  २०७९ फाल्गुन १३ गते शनिवार

दाङ :  गोरखा मावि तुलसीपुर दाङको बेलझुण्डीमा जारी जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को अग्रस्थानमा रहेको छ ।  दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सम्म ५ स्वर्ण र १ काश्य पदक हात पार्दै गोरखा मावि तुलसीपुर अग्रस्थानमा रहेको हो । त्यस्तै जनप्रिय बोर्डिङ स्कुल तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितीय स्थानमा रहँदा बिपि मावि बयाले शान्तिनगर २ स्वर्ण हात पार्दै तृतीय स्थानमा रहेको  प्रतियोगिताका सचिवालय सदस्य तथा टेबलटेनिस सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजी विद्यालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता अन्तरगत आइतबार अन्तिम दिन  एथलेटिक्स ट्रयाक तर्फ ३ हजार मिटर, ४ गुणा ४०० रिले, हाइजम्प र त्रिपलजम्प छात्र छात्रा हुनेछ भने भलिबल, कबडी, छात्र छात्रा तर्फको फाइनल खेल हुनेछ । यसैबीच प्रतियोगिताको औपचारिक समापन तथा पुरस्कार बितरण बिहान १२ बजे पछि गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार