उपचारको क्रममा सञ्चारकर्मी भुसालको निधन

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १६ गते मङ्गलवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका  ६ निवासी सञ्चारकर्मी अनिता भुसालको मृत्यु भएको छ । २१ वर्षीया भुसालको उपचारको क्रममा गएराती १२ बजे लखनउमा मृत्यु भएको हो । सेतो रक्त कोषको कमीले मुटुमा असर गरेपछि उनलाई काठमाडौं हुँदै उपचारको लागि पछिल्लो पटक लखनउ लगिएको थियो । नेपाल प्रेस युनियन दाङको सदस्य समेत रहेकी भुसाल तुलसीपुर स्थित रेडियो सञ्जीवनीमा प्राविधिक रुपमा काम गरेकी थिइन् । स्वर्गीय भुसालको अहिले कालाखोला घाटमा अन्त्येष्टि गरिएको छ ।  उनको एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार