दाङ : तुलसीपुर उपमहानगरपालिका १६ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । वडाको आयोजनामा आउँदो फागुन १९ गतेदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालन गर्नका लागि वडा कार्यालयले वडा भित्रका टिमलाई दर्ताका लागि आह्वान समेत गरेको छ ।
वडा कार्यालयले एक सूचना जारी गर्दै मङ्गलबारदेखि टिम दर्ताका लागि आह्वान गरेको हो । वडा सचिव मित्रलाल बिकले फागुन १८ गतेसम्म वडा कार्यालयमा १२ बजे समयसम्म टिम दर्ता गर्नका लागि आह्वान गरेका छन् । टिम दर्ता गर्न आउँदा वडाले खेलाडीको नामसहित टोल विकास संस्थाको सिफारिस अनिवार्य गरेको छ ।
टिम दर्ता निःशुल्क रहनुको साथै खेलाडी १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । टिम दर्ता गर्दा खेलाडीको जन्म दर्ता अनिवार्य पेश गर्न भनिएको छ । खेल अवधिभर खेलाडीलाई आवश्यक पर्ने सामग्री खेलाडी आफैले व्यवस्थापन गर्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।