गुरुकुल मिनी सागा हाउस सुरु

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १५ गते सोमवार


दाङ :  गुरुकुल एकेडेमीको मिनी सागा हाउस कार्यक्रम सोमबारबाट सुरु भएको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफैँ कथा लेखी आफैँ वाचन गर्नुपर्ने हुन्छ । मन्टेश्वरी देखि कक्षा ७ सम्मका विद्यार्थीहरू यो कार्यक्रममा सहभागी हुने छन्। विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गुरुकुल एकेडेमीले हरेक वर्ष गुरुकुल मिनी सागा हाउस कार्यक्रमको आयोजना गर्ने गर्दछ । 
विद्यालयको प्राङ्गणमा कक्षा छ का विद्यार्थीहरूले आफ्ना अभिभावकहरूको उपस्थितिमा कथा वाचन गरेका हुन् ।

विद्यार्थीहरूले आफ्नो कथा लेख्नको लागि छुट्टै पुस्तक बनाई कथा तयार गरि आफ्नो अभिभावकलाई कथा सुनाउनु पर्ने हुन्छ जस अन्तर्गत आज कक्षा छ का ३१ विद्यार्थीहरूले कथा वाचन गरी कार्यक्रम सुरु गरिएको हो । यो कार्यक्रम फाल्गुन १५ गते देखि २२ गते सम्म चल्ने छ । विद्यालयले हरेक वर्ष विद्यार्थीहरूको लागि विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत व्यवहारिक शिक्षा प्रदान गर्ने गर्दछ ।  यसले गर्दा बालबालिकाको पढ्ने र लेख्ने मात्र नभई अन्य क्षमताको विकास पनि हुने हुँदा यो विद्याबाट शिक्षा दिइएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरिले जानकारी दिए  ।

कथा वाचन कार्यक्रममा उपस्थित भएका अभिभावक केशव रोकाले गुरुकुल एकेडेमीको सैद्धान्तिक शैक्षिक प्रणाली र यस्ता अतिरिक्त कार्यक्रमले आफ्ना बालबालिकाले धेरै कुरा सिक्न पाएको र उनीहरूको मनोबल बढ्ने बताए  । उनले अगाडि थप्नुहुन्छ गुरुकुल एकेडेमीले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने बताए ।  अर्का अभिभावक गिरिराज खड्काले पनि गुरुकुल एकेडेमी एउटा विद्यालय मात्र नभएर सीप ,कला लगायत अन्य व्यवहारिक शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै धन्यबाद समेत व्यक्त गरे । कथा वाचन कार्यक्रममा विद्यार्थीहरूले कुनै न कुनै सन्देश दिने खालको कथा लेखेका थिए ।

कथा सुनाए  पश्चात् उनीहरूले आफ्नो कथाले दिन खोजेको सन्देश के थियो भन्ने बारेमा पनि प्रष्ट पारेका थिए । मन्टेश्वरी देखि कक्षा ७ सम्म प्रत्येक कक्षाबाट पहिलो ,दोस्रो र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू छनोट गरिने र अन्तिममा सबै उत्कृष्ट हुने विद्यार्थीहरू बाट पनि पहिलो ,दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने छ । बालबालिकाहरूको कथा लेखन कार्यक्रममा सहयोग पुर्याएको भन्दै विद्यालयले धन्यबाद व्यक्त गरेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेपाली विषयका विभागीय प्रमुख विवेक देवकोटाले गरेका थिए । कथा वाचन कार्यक्रमको सञ्चालन कक्षा ६ का विद्यार्थी  कृतेश गिरी र रिजन भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार