आजको मौसम

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १५ गते सोमवार

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण सोमबार पनि देशका पहाडी भू–भागमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली भेगमा हिमपातसमेत हुनेछ।बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि दिउँसो पानी पर्ने मौसमविद सञ्जीव अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार