राज्यले कुस्ती खेल र खेलाडीलाई चासो नदिएको गुनासो

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १५ गते सोमवार

दाङ :  नेपालका कुस्ती खेलाडीहरूले राज्यले आफूहरूलाई अपहेलना गरेको गुनासो गरेका छन् । उनीहरूले राज्यले अरु खेल र खेलाडीहरूले जुन प्रकारले  अगाडि बढाएको छ, त्यही अनुसार कुस्ती खेल र खेलाडीहरूलाई व्यवस्था गरेको बताएका छन् ।  रोल्पा त्रिवेणी गाउँपालिका ४ रमेश गोतामेले कुस्ती खेल्न लागेको करिब १३ वर्ष भयो । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ पटक गोल्ड मेडल पाएका छन् । तर, राज्यले अन्य खेललाई जस्तै गरी कुस्ती खेल र खेलाडीलाई कुनै चासो नदिएको उनको गुनासो छ ।

उनले भने,‘ पछिल्लो समय युवापिढीहरु कुलतमा फसिरहेको अवस्था छ ।  यस्ता खेलहरूले युवाहरूलाई कुलततर्फ जान रोक्न सक्छन् । तर, राज्यले कुनै ध्यान दिएको छैन् । देशमा पहाडी क्षेत्रमा पहिलो पटक दाङमा यो खेल भएको छ । यस्ता खेलहरू सबै ठाउँमा हुन जरुरी रहेको छ । यसतर्फ प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनु पर्छ । ’ उनले राज्यले अन्य खेलहरूलाई व्यवसायिक रुपमा अगाडि बढाएको भएयता पनि कुस्ती खेललाई चासो नदिएको कारण नेपालमा यो खेल नौलो हुने गरेको पनि बताए ।

पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट ३ जनाले कुस्तीमा सहभागिता लिएको भएयता पनि अन्य प्रदेशका खेलाडीहरूलाई त्यहाँको सरकारले राम्रो गरेको भएयता पनि आफूहरूलाई कुनै चासो नदिएको उनको भनाइ छ ।  उनले भने,‘ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुस्तीमा मैले गोल्ड मेडल पाएको थिए । अहिलेसम्म मलाई प्रदेश वा स्थानीय सरकारबाट कुनै हौसला बढाउने काम भएको छैन् ।  हाम्रो प्रदेशमा करिब ५÷ ६ जना कुस्तीका खेलाडीहरू होलान् । तर, ति मध्य हामी ३ जनाले मात्र भाग लिएका थियौँ । हामीले गोल्ड, सिल्भर र ब्राउन गरेर ३ वटा मेडल प्राप्त गरेका थियौँ ।’

उनका अनुसार अन्य खेलमा जस्तै यो कुस्ती  खेलमा पनि जोखिम  धेरै हुने गर्दछ । दिमाग लगाएर नखेल्ने  हो ? भने मानिसको ज्यान जानसक्ने पनि उनको भनाइ छ । यस्तै उनले नेपालमा कुस्ती प्रतियोगिताहरू कमै मात्रामा हुने भएकाले आफूहरू भारतमा खेल्न जाने गरेको पनि बताए । उनले भारतमा आफूले कुस्ती खेल्दा गोल्ड मेडल प्राप्त गरेको पनि बताए ।   बल, बुद्धि भएपछि मात्र यो खेल जित्न सकिने पनि उनले बताए । शुरुमा आफूले  भारतको हरियाणामा यो खेल सिकेर खेल्न थालेको भएयता पनि नेपालमा २०६९ सालदेखि खेल्दै आएको पनि बताए ।

उनले भने,‘ भारतमा सिकेर अब आफ्नो देशबाट खेल्नुपर्छ, भने आएको थिए । तर, अहिलेसम्म राज्यले कुनै पनि साथ सहयोग गरेको छैन् । यदि म भारत मै भएको भए । त्यहाँ धेरै अवसरहरू पाउथेँ । तर, यहाँ अवसर भन्दा पनि कहाँ खेल हुन्छ, भनेर बस्नु पर्छ ।’  अहिलेसम्म आफूले कुस्तीबाट गोल्ड मेडल प्राप्त गर्दै आएको पनि बताए । उनका अनुसार विभिन्न ठाउँमा हुने प्रतियोगिताहरूमा सहभागि हुनको लागि आफै खर्च गरेर जानु पर्ने हुन्छ । प्रतियोगितामा भाग लिएर खेलेपछि मात्र आयोजकहरूले केही रकम दिने गरेको उनको भनाइ छ ।

उनले भने,‘ मेरो यो खेल बाहेक अरु कुनै पेशा छैन् । घर मै खेती किसानी गरेर बस्ने गर्दछु । दाङको तुलसीपुरमा खेल भएको मलाई थाहा थिएन ।  सामाजिक सञ्जाल फेसबुकमा प्रतियोगिता भएको थाहा पाएपछि खेल्न आएको हुँ ! म जस्ता कुस्तीका खेलाडीहरू अहिले कसैले  अटोरिक्सा चलाएर बसेका छन्, भने कोही दैनिक ज्याला मजदुरी गर्न बाध्य भएका छन् ।

https://www.facebook.com/onlinerapti/videos/701321638353878

 तुलसीपुरमा एक हप्तासम्म अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता

युथ अफ तुलसीपुरको आयोजनामा दाङमा पहिलो पटक अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ ।   फागुन ११ देखि  १७ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतीय गरि ३९ जना खेलाडीको सहभागिता रहेको युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए ।  उनका अनुसार  ३० जना भारतीय पुरुष खेलाडी, ४ जना भारतीय महिला खेलाडी र ५ जना नेपाली पुरुष खेलाडी रहने छन् । कुस्ती खेललाई  नेपालमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको उनको भनाइ छ । उनका अनुसार कुस्ती खेललाई पनि फुटबल, क्रिकेट जस्तै अगाडि बढाउन सकिन्छ, कि भन्ने नै हो ।

नेपालको तराई भेगमा यो खेल बढि खेल्ने गरेको भएयता पनि अन्य ठाउँमा खासै नहुने भएकाले पनि हामीले अन्तराष्ट्रिय प्रतियोगिता भनेर सञ्चालन गरेको हौँ ।  आफूले पहिलो पटक आयोजना गर्दा खेलप्रति आकर्षण बढेको भन्दै अब अर्को वर्ष पनि खेलको  आयोजना गर्ने पनि उनले बताए । उनले भने,‘  दाङमा पहिलो पटक आयोजना गरिएको हो ।  यसको सबै व्यवस्थापन हामीले नै गरेका छौँ । कसैसंग सहयोग मागेका पनि छैनौँ । एक हप्तासम्म गरिएको प्रतियोगितामा दर्शकहरूको उपस्थितले हामीलाई हौसला बढाएको छ  । खेल हेर्नको एक  सय टिकट दर रहेको छ । अब अर्को वर्ष  आयोजना गर्दा हामी निःशुल्क हेर्ने  व्यवस्था गर्ने छौँ ।’उनका अनुसार खेलाडीहरूलाई दैनिक १५ सयदेखि २ हजार भारतीय रुपैयाँ र खाने बस्नेको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार