क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १४ गते आइतवार

फाइल तस्बिर

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ। लामिछानेलाई थुनामा राखेर प्रक्रिया अघि बढाउने अथवा धरौटीमा रिहा गर्नेबारे आज सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा सुनुवाइ शुरु भएको थियो।​ दुबै पक्षका वकिलहरूबाट बहस नसकिएपछि भोलिका लागि सारिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।​ सन्दीपले लिग-२ अन्तगर्तको सिरिज खेल्न युएई जान पाऊँ भनी दिएको निवेदनमा अदालतले अन्तरिम आदेश दिएको थिएन।

पाटन उच्च अदालतले पुस २८ गते धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्धको रिट एकैसाथ सुनुवाइ भइरहेको छ। उच्च अदालतको आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्ष थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। न्यायाधीश ईश्वर खतिवडाको इजलासले दुवै निवेदन एकसाथ राखेर आज पेश गर्न आदेश दिएका थिए।

सन्दीपमाथि नाबालिग जबरजस्ती करणीको आरोप लागेको छ। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो भने विदेश जान रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार