दाङमा शुक्रबारदेखि जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १३ गते शनिवार

 दाङ :   जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९  शुक्रबार सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा सञ्चालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य सदस्य धन बहादुर मास्कीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मास्कीले भौगोलिक भूबनोट र हावापानीका दृष्टिकोणले उत्तम दाङ लाई नीतिगत रुपमा खेलकुदको गन्तव्यका रुपमा विकास गर्न आफू लागि पर्ने बताए । 

‘ खेलकुदको गन्तव्य बन्न खेल पूर्वाधार पहिलो आधार हो यसर्थ हामी प्रदेश स्तर बाट जिल्लाको खेल पूर्वाधार विकासको, खेल गतिविधि लगायतका पक्षमा नीतिगत रुपमा लागि लागि पर्छौ, जिल्ला लाई खेलकुदमय बनाउने हाम्रो प्रतिवद्धता भयो,‘ उनले भने,‘ खेलकुद मानव स्वास्थ्यको अभिन्न अंग हो ।  देशको समृद्धिमा यसको महत्वपूर्ण भूमिका छ ।  त्यसैले आजै देखि खेल विकासमा जुटौं सिङ्गो जिल्ला बाट प्रदेश हुँदै राष्ट्रिय, अन्तरास्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन हाम्रो चासो र चिन्तन बन्नुपर्छ ।’ 

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जय प्रकाश भट्टराईले स्थानीय तहले ग्रामीण स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्न सके खेलकुदको विकासले गति लिने बताए । ‘ स्थानीय तहमा खेलकुद छ,  तर, औपचारिकतामा मात्र सीमित छ अब स्थानीय तहमा खेलकुद विकासको स्पष्ट नीति निर्देशिका बन्नु पर्छ अनि मात्र खेलकुदले अपेक्षाकृत रुपमा फड्को मार्छ,‘ उनले भने,‘  विकास, अनुशासन र गतिशीलतालाई खेलाडीले उच्च आदर्शका साथ पालना गर्नु पर्छ  । ’  

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका दाङका उपाध्यक्ष कल्पना चौधरी, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्ली बहादुर डाँगी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  सो अवसरमा विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, रणसिंहदल गण घोराहीका प्रमुख रबिन्द्र महर्जन, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष विमल रिजाल, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ल, शसस्त्र प्रहरी बल तुलसीपुरका प्रमुख अशोक अधिकारी, लगायतको उपस्थिति रहेको थियो । 

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजी विद्यालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा हुनेछ । यसैबीच शुक्रबार सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक तर्फ १०० मिटर छात्र जनप्रिय बोर्डिङ स्कुलका सुजल डाँगी प्रथम, अमृत बिद्या मन्दिरका अनिष खड्का दोस्रो र नेपाल पुलिस स्कुल घोराहीका अनिष चौधरी तृतीय भए । त्यस्तै छात्रा तर्फ गोरक्षरत्न माबी घोराहीका गरिमा चौधरि प्रथम, नेपाल पुलिस स्कुल घोराहीका कबिता गौतम दोस्रो र माबी तुलसिपुर सेन्टरका रितु राना तृरिय भए ।

त्यसैगरी २०० मिटर छात्र दौड तर्फ जनप्रिय बोर्डिङ स्कुलका सुजल डाँगी प्रथम,गोरखा माबी घोराहीका अजित चौधरी दोस्रो र नेपाल पुलिसका अनिष चौधरी तृतीय भए ।त्यस्तै छात्रा तर्फ आदर्श माबी देउपुरकी निरमाया चौधरी प्रथम, गोरक्षरत्न माबी घोराहीका गरिमा चौधरि गरिमा चौधरी दोस्रो र गोरखा माबी तुलसिपुरकी धवनी नेपाली तृतीय भए ।

त्यस्तै १५०० मिटर छात्र सृजना बाल्बाटिकाका सन्तोष चौधरी प्रथम, ज्ञानसिन्दु घोराहीका सुमन बुढा दोस्रो र जनकल्याण माबी सिमसुन्दरपुरका कमल कठायत तृतीय भए । त्यस्तै छात्रा तर्फ गोरखा माबी तुलसीपुरका मोतिकला डाँगी प्रथम,गोरखा घोराहीका सिमा झाक्री दोस्रो र माबी पदमपुरकी अन्जु वलि तृतीय भए ।

एण्ड फिल्ड ईभेन्ट्स सटपट छात्र तर्फ जनश्रम माबी खाद्रेका सुनिल खड्का प्रथम,रोजि वर्डस लमहिका भिमेश्वर चौधरी दोस्रो, र नेपाल राष्ट्रिय माबिका नवीन केसि तृतीय भए । त्यस्तै छात्रा तर्फ बिपि माबी बयालेका आरती राना प्रथम, सिद्ध पृथ्वी माबी श्रीगाउका माया घर्ती दोस्रो र ग्रेट अरनिको माबी तुलसीपुरका सिन्दु चन्द तृतीय भएको प्रतियोगिता सचिवालय सदस्य टेवल टेनिसका सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिए । प्रतियोगिता  सनिवार एथलेटिक्स, भलिबल, कबडी, कराते र तेक्वान्दो खेलहरु हुने छन् । 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार