राप्रपा सरकारबाट बाहिरियो

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १३ गते शनिवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो।

गत पुस १० गते बनेको नयाँ गठबन्धनमा सहभागी भएकाे राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तीन जना मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो। साथै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन बनाउने निर्णयसँगै राप्रपा सरकारबाट बाहिरिएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार