प्रगतिनगर शहरी खानेपानीको निर्वाचित ​​​​​​​समितिद्वारा पदभार

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १२ गते शुक्रवार


दाङ :  प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाँचौ साधारणसभा तथा विशेष अधिवेशनबाट निर्वाचित समितिले शुक्रबार पदभार ग्रहण गरेको छ  संस्थाको पाँचौ साधारणसभा तथा विशेष अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक विद्याशरण चौधरीले सपथ ग्रहण गराएका थिए ।  प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाँचौ साधारणसभा तथा विशेष अधिवेशनबाट अध्यक्षमा भरत प्रसाद पाण्डे निर्वाचित भएका छन् । 

सम्पन्न अधिवेशनबाट उपाध्यक्ष नारायणी पोख्रेल, सचिवमा तीर्थराज ज्ञवाली, कोषाध्यक्षमा लुम बहादुर गुरुङ, सदस्यमा मदन पोख्रेल, नारायण चौधरी, देवीराम शर्मा, तारा परियार, शिला चौधरी रहेका छन् ।
राप्ती गाउँपालिका भित्र पर्ने वडा नं ५, ७ र ८ का उपभोक्तालाई खानेपानी पुर्‍याउन थालिएको छ । हालसम्म एक हजार ८५० धारा जडान गरिएको छ । संस्थाको ५ हजार घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य बमोजिम काम भैरहेको छ  ।

साथै निर्वाचित समितिको पहिलो बैठक समेत अध्यक्ष भरतप्रसाद पाण्डेको अध्यक्षतामा बसी साधारण सभा तथा अबधेश सम्पन्न तर्फ सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गरिएको छ । बैठकले बैंकखाता परिवर्तन गर्ने, संस्थाको सवारी साधनलाई कार्यालय परिसरमा पार्किङ गर्ने गरि ब्यवस्था मिलाउने समेत निर्णय गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार