राप्ती शान्ति उद्यानमा आजदेखि घोडा सफारी सुरु

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १२ गते शुक्रवार

दाङ :  दाङको तुलसीपुर ७ स्थित रहेको राप्ती शान्ति उद्यान ( गणेशपुर पार्क ) मा घोडा सफारी सुरु भएको छ । शुक्रबार ग्रीन फाउण्डेसन नेपालको सहयोग र हरियाली पर्यापर्यटन प्रवर्द्धन समुहको सहकार्यमा शुक्रबार सो उद्यानलाई घोडा हस्तान्तरण गरिएको छ ।

ग्रीन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले उद्यानलाई घोडा हस्तान्तरण गरेका हुन् । दाङको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित यस उद्यानमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर घोडा सफारी गर्नका लागि घोडा हस्तान्तरण गरेको पाण्डेले बताए । अब सो उद्यानमा घोडा चढेर अवलोकन गर्न सकिने छ ।

घोडा हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसी, राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली बहादुर भण्डारी, ग्रीन फाउण्डेसनका सचिव सुरेश रावत लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार