कुलपानी वन समुहको टोलटोलमा साधारण सभा सुरु

Author Logo..
तीर्थराज ज्ञवाली २०७९ फाल्गुन ११ गते बिहिवार

दाङ :   कुलपानी सामुदायिक वन उपभोक्ता समुह गढवा गाउँपालिका बडहराको टोलटोलमा साधारण सभा सुरु भएको छ ।  उपभोक्ताको सहजता तथा गाउँ स्तरको माग सम्बोधनमा सरलता ल्याउनका लागि गाउँटोलमा गएर साधारण सभा गरिएको समुहका अध्यक्ष नवराज शर्माले जानकारी दिए । समुहको २९ औ साधारण सभा अन्तरगत ५ गाउँमा रहेका उपभोक्ता बीच भेला सुरु गरि साधारण सभा गरिदै आईएको सचिव दिलवसी विकले जानकारी दिए ।

 कार्यसमितिका पदाधिकारी सहितको टोल साधारण सभामा आर्थिक वर्ष २०७ ८/ ७९ को आय व्यय, प्रगति प्रतिवेदन तथा अनुमानित योजनाको बारेमा छलफल चलाएको समुहकी कोषाध्यक्ष पुष्पा चौधरीले जानकारी दिए ।
यही फागुन १० गते बसन्तापुर, ११ गते पत्रिङ्गाखुरुरीया, १२ गते बडहरा टोलमा साधारण सभा गरिने कार्यतालिका रहे अनुसार भेला चलिरहेको समुहका उपाध्यक्ष राकेश शर्माले बताए । 

कुलपानी हरित पार्क समेत सञ्चालनमा ल्याएको कुलपानी सामुदायिक वन उपभोक्ता समुह बडहराकोे सिमसार संरक्षण, बन्यजन्तु संरक्षण, वनमा आधारित आय आर्जनको कार्यक्रम, दिगो वन व्यवस्थापन कार्य सफल मानिदै आएको छ । यस आर्थिक वर्षमा दाङ जिल्ला प्रथम वनको रुपमा समेत कुलपानी वन समुह रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार