पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन हुँदैन : महामन्त्री शर्मा

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १० गते बुधवार

काठमाडौं  :  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताए । बुधबार संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताए ।

उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताए । उनले पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे । उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उनले बताए । राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनु पर्नेपनि बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार