माओवादी केन्द्रले राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रचण्डलाई दियो

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन ८ गते सोमवार

काठमाडौं : नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले सकेसम्म ३ वटा स्वार्थसहितको सहमति खोज्ने नभए प्रधानमन्त्री प्रचण्डले अन्तिम निर्णय लिने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

मुख्य तीन स्वार्थ भन्नाले गणतन्त्र र संविधानको रक्षा‚ शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र दलहरूसँग सकेसम्म राष्ट्रिय सहमति खोजेर राष्ट्रपति उम्मेदवारी मनोनयनको एक दिनअगाडिसम्म उम्मेदवारको टुंगो लगाउने जानकारी महराले दिए। राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादीले कांग्रेस र एमाले दुवैलाई सघाउने बताइरहेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार