शान्तिनगरका अग्नि पीडितको लागि राहत संकलन जारी, अहिलेसम्म १ लाख बढि  संकलन

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन २२ गते आइतवार

 

दाङ :   शान्तिनगर गाउँपालिका ५ वैशा निवासी विष्णु प्रसाद शर्माको घरमा आगलागी क्षति भएपछि राहत संकलन अभियान जारी रहेको छ । शर्माको पक्की र कच्ची घर गरी दुईवटा घरमा केही दिनको फरकमा आगलागी भएको हो । घरमा आगलागी भएपछि शर्मा परिवार बिचल्लीमा परेको भन्दै राहत अभियान सुरु गरिएको वडाध्यक्ष गिरीराज बस्नेतले जानकारी दिए  । 

आगलागीबाट नगद ३ लाख, लत्ता कपडा सहित १५ लाख बराबरको क्षति भएको छ । शरीरमा लगाएको कपडा बाहेक अरु सबै जलेर नष्ट भएको बताइएको छ । वडाध्यक्ष  बस्नेत र महेन्द्र बस्नेतको संयोजकत्वमा रहेको सहयोग संकलन अभियानले हाल सम्म नगद १ लाख १ हजार १ सय ५५ रुपैयाँ संकलन गरेको छ भने जिन्सी सामान पनि संकलन भएको छ । केही दिन अघि सम्म ४२ हजार ७ सय ९० संकलन भएको थियो भने त्यसपछि ५८ हजार ३ सय ६५ रुपैयाँ गरी जम्मा हाल सम्म १ लाख १ हजार १ सय ५५ रुपैयाँ संकलन गरिएको उनले जानकारी दिए । 

सहयोग गर्न चाहने व्यक्तिहरूले वडाध्यक्ष बस्नेत ९८०९८३४०७५, अभियान संयोजक महेन्द्र बस्नेत ९८०९८०३७५५, सदस्य टङ्क बहादुर बस्नेत ९८१५५९६३२२ र सदस्य टेक बहादुर खत्री ९८२२८५४७१० को नम्बरमा  सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार