प्रेस सेन्टर दाङले चैत १० गते भित्र पालिका सम्मेलन गरिसक्ने

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन २० गते शुक्रवार

दाङ :   प्रेस सेन्टर नेपाल, दाङले प्रदेश कमिटीको निर्देशन बमोजिम आगामी चैत १० गतेभित्र सबै पालिकामा कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रेस सेन्टर दाङका उपलब्ध पदाधिकारीहरूको शुक्रबार घोराहीमा बसेको बैठकले फागुन २४ गते गढवा, २८ गते बंगलाचुली र ३० गते दंगीशरणमा कमिटी गठन गर्ने निर्णय गरेको हो ।

अन्य पालिकाहरूमा कमिटी गठन गर्ने मिति तय गर्ने जिम्मा अध्यक्ष पाण्डव शर्मालाई दिने निर्णय गरेको छ । सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता एवम् सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला इन्चार्ज प्रकाश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा सेन्टरका लुम्बिनी प्रदेश प्रमुख सचिव भुपेन्द्रप्रकाश ओलीले प्रदेश बैठकले फागुन १९ गते बसेको बैठकले गरेका निर्णय बारे प्रकाश पारेका थिए ।

बैठकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकी, सेन्टर दाङका सचिव जनक नेपाली, कोषाध्यक्ष जीवन नेपाली र कार्यालय सदस्य गिरिराज नेपालीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार