फाइल तस्बिर
काठमाडौं : राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि सकिएको छ। आज पदावधि सकिने संसदीय समितिका तीन सभापति पनि छन्। दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ छन्।
त्यस्तै, कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल रहेका छन्।
यस्तै एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार सुमनराज प्याकुरेल गरी ८ जना छन्।
एकीकृत समाजवादीका चार सांसदको कार्यकाल सकिएको छ। उनीहरूमा उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन्। माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका खिमकुमार विक, जीवन बुढा, दिनानाथ शर्मा र शशिकला दाहाल कार्यकाल सकिएको हो।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसका तीन जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ। त्यसमा राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट रहेका छन्। राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि कार्यकाल सकियो।