पेट्रोलको भाउ १५० पुग्यो , डिजेल र मट्टीतेलको प्रतिलिटर १३३

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १९ गते बिहिवार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले  बिहीबार  मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।  निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रूपैयाँ भएको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ३३ रूपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३६ रूपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन।

निगमले एलपिजी ग्यास प्रति सिलिन्डर मूल्य भने १ हजार ५ सय ७५ रूपैयाँ यथावत्‌ राखेको छ। इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई एक महिनामा नै अर्बौं घाटा हुने भन्दै निगमले विज्ञप्ति जारी गरेको एक साता पनि नपुग्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार