श्रद्धाञ्जली सभा सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १९ गते बिहिवार

दाङ :  नेपाल पत्रकार महासंघ दाङका सदस्य सुमन केसीको बुवा खीमबहादुर केसीको ४५ वर्षको उमेरमा असामयिक निधन भएकोले १३ औँ दिनको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर दाङ, नेपाल प्रेस युनियन दाङ, प्रेस चौतारी दाङको आयोजनामा केसी निवास तुलसीपुर १५ मा श्रद्धाञ्जली कार्यक्रम  बिहीवार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका गोपाल शर्मा भट्टराई र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिका अध्यक्ष दामोदर बस्नेत ( राकेश )  ले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीलाई स्व: केसीका बुवा हुमबहादुर केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार