सल्यानको एउटा स्कुलमा आगलागी हुँदा २ लाख बराबरको क्षति

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १९ गते बिहिवार

सल्यान : सल्यानको एक विद्यालयमा आगलागी भएको छ। जिल्लाको बागचौर नगरपालिका–९ स्थित लोकतान्त्रिक आधारभूत विद्यालय लिउरेबारीमा आगलागी भएको हो। बुधबार दिउँसो विद्यालयको अफिस कोठामा आगोको धुवाँ आइरहेको देखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रहरीलाई खबर गरेका थिए।

आगलागीबाट अफिस कोठामा रहेका किताब, दराज, बोर्ड, कार्पेट, पोष्टर, चार्टलगायत जलेर करिब १ लाख ९३ हजार ५ सय बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर ओलीले जानकारी दिए। आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ। विद्यालयको अफिस कोठाको प्वालबाट १र२ दिन अगाडि नै आगो लगाएको भन्ने बुझिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार