बाँकेमा मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १८ गते बुधवार

दाङ  :  बाँकेमा मान्छेलाई आक्रमण गर्ने एउटा पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती सोनारी गाउँपालिका ६ स्थित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो।

साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । त्यसअघि राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एक/ एक जनाको मृत्यु भएको थियो । भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको थियो ।

बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा बाघलाई नियन्त्रण लिइएको छ । बाघलाई बुधबार बिहान नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार