एमाले अध्यक्ष ओलीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १७ गते मङ्गलवार

फाइल तस्बिर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।  अध्यक्ष ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने एमाले प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था,स्थानीय तहको चुनाव  लगायत विषयमा विचार व्यक्त गर्न पत्रकार सम्मेलन गर्न लागेको रिजालले बताए।  प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको विषयमा पनि अध्यक्ष ओलीले पार्टीको धारणा  राख्ने छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार