आज महाशिवरात्री

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १७ गते मङ्गलवार

काठमाडौं : आज महाशिवरात्री पर्व । विश्वभरका हिन्दू धर्मालम्वीहरु आज देवाधिदेव महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्न बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिनलाई शिव प्रादुर्भाव भएको दिनको रुपमा मनाउने गरिन्छ । मध्यरातमा चतुर्दशी परेको दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । शिवको प्रादुर्भाव भएको रातलाई नै शिवरात्री भनिन्छ । शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शंकरलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार