एमाले त्यागरे एकीकृत समाजवादी रोजका ३ जना कार्यापालिका सदस्यको पद रिक्त

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १६ गते सोमवार

दाङ : तुलसीपुर उपमहानगरपालिकाका ३ जना कार्यपालिका सदस्यको पद रिक्त भएको छ । सोमबार  निर्वाचन आयोगले नेकपा एमालेलाई पत्र लेख्दै ३ जना कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ ।

कार्यपालिका सदस्य  डीला परियार, जानका रेग्मी ( डाँगी ) र दीपक कुमालले एमाले पार्टी परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरूले ३  जना एकीकृत समाजवादी पार्टी आबद्ध भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज बिष्टले बताए ।

उनीहरूमध्ये कुमालले पार्टी फुट्ने बित्तिकै एकीकृत समाजवादीमा आबद्ध भएका थिए । उनी हाल पार्टीका तुलसीपुर नगर सचिव छन् । रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार