जनता समाजवादी पार्टीद्धारा तुलसीपुर १६ मा वडा समिति गठन

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १६ गते सोमवार

दाङ : जनता समाजवादी पार्टी नेपालले  तुलसीपुर उपमहानगरपालिका १६ मा वडा समिति गठन गरेको छ ।  सोमबार तुलसीपुर १६ डोक्रेनामा भएको वडा भेलामा पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महताराको प्रमुख आतिथ्यमा ११ सदस्यीय वडा समिति गठन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महताराले सबै जनताहरू जागरुक भएर लाग्नु पर्ने बताए ।
उनले देशको विकासको लागि अब गाउँ गाउँबाट सबै जनताहरू जागरुक भएर आफ्नो समस्याहरूको पहिचान गरी विकासको माग गर्नु पर्ने बताए । उनले पार्टीलाई बलियो बनाउनको लागि पनि कार्यकर्ताहरूलाई सक्रिय रुपमा काम गर्न आग्रह गरे । 

फिरुली चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पार्टीका जिल्ला उपाध्यक्ष मोहन सिंह वलीले देश निर्माणको लागि सबै मिलेर पार्टीलाई सांगठिक रुपमा बलियो बनाउनु पर्ने बताए ।  त्यस्तै फिरुली चौधरीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको  छ ।  

जसको उपाध्यक्षमा छिनाराम चौधरी, सचिवमा मनकुमारी चौधरी, कोषाध्यक्षमा जग्गु चौधरी चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यमा सुमनी चौधरी, सुदीप चौधरी, गीता चौधरी, प्रकाश चौधरी, विष्णु चौधरी र कल्पना चौधरी रहेका छन् ।  भेलाको सहजीकरण मनकुमारी चौधरीले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार