नेपाल बन्दका कारण दाङ सहित देशभरको जनजिवन प्रभावित

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १६ गते सोमवार

दाङ :  प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना ( एमसिसी ) को विरोधमा आठ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव दाङ सहित देशभरको जनजिवन बिहानै देखि प्रभावित भएको छ । बन्दका कारण तुलसीपुर, घोराही, लमही भालुबाङ बजार बन्द छन्,  भने सवारी साधन पूर्णरुपमा ठप्प हुँदा सडक सुनसान छन् । सडकहरूमा एम्बुलेन्स, प्रेस, दूध तथा पानीका ट्याङ्कर लगायतका अत्यावश्यक सवारी साधनहरूलाई बन्द कर्ताले चल्न दिएका छन् ।

देउवा नेतृत्वको सरकारले रातारात संसदबाट एमसिसी  पारित गरेको विरोधमा छ वटा कम्युनिष्ट पाटी र दुई वटा मोर्चाले संयुक्त  रुपमा बन्दको आह्वान गरेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा  ( क्रान्तिकारी माओवादी ) , नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल र चित्र बहादुर केसी नेतृत्व राष्ट्रिय जनमोर्चाको आइतबार बेलुकी आकस्मिक बसेको संयुक्त बैठकले नेपाल बन्द गर्ने घोषणा गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार