युक्रेनमाथि आक्रमण तत्काल रोक्न शान्ति समाजको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १५ गते आइतवार

दाङ :  रुसले युक्रेन माथि शुरु गरेको आक्रमण तत्काल रोक्नु पर्ने मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । शान्ति समाज दाङ शाखाले आइतबार तुलसीपुरमा प्रदर्शन गर्दै आक्रमण रोक्न गर्न आग्रह गरेको हो ।

युद्ध निषेध शान्ति विशेषको आह्वान गर्दै शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले तत्काल युद्ध रोकन आग्रह गरे । त्यसका लागि संयुक्त राष्ट्र संघले पहलकदमी शुरु गर्नुपर्ने बताए । समाजका केन्द्रिय सचिव निर्मल नेपालीले तेस्रो विश्व युद्ध हुन सक्ने संकेत देखिएको बताए । कार्यक्रममा बच्छु परियारले शान्तिको कामना गरे । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार