हाम्रो पहुँचको अध्यक्षमा पुन : शुक्रराज भण्डारी निर्वाचित

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १४ गते शनिवार

दाङ :  हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः शुक्रराज भण्डारी विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी देवराज भण्डारीलाई ५ सय ९५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन।

निर्वाचित भण्डारीले १ हजार ९९ मत प्राप्त गरेका थिए,  भने प्रतिद्वन्द्वी देवराज भण्डारी ५ सय ४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक नारायण प्रसाद भण्डारीले जानकारी दिए । खसेको मतमध्ये ६ मत बदर भएको छ ।

मतदानमा करिब ७१ प्रतिशत मत खसेको थियो । कुल २ हजार २७३ मत मध्ये जम्मा १ हजार ६१० अर्थात ७०.८३ प्रतिशत मत खसेको निर्वाचन समिति संयोजक भण्डारीले जानकारी दिए । मतदानमा २९.१७ प्रतिशत अर्थात ६६३ मत भने नखसेको उनले बताए । 

 तुलसीपुर ७ मा रहेको सहकारीको आगामी ४ वर्षे नेतृत्वका लागि शुक्रराज  पुनः अध्यक्षमा  निर्वाचित भएका हुन । अन्य सबै पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पुरुष उपाध्यक्ष बुद्धिराम बीसी, महिला उपाध्यक्षमा नमी कुमारी रेग्मी, सचिवमा कृष्ण प्रसाद पोख्रेल, कोषाध्यक्षमा विजय सुवेदी, सहसचिवमा चिरञ्जीवी पौडेल सर्वसम्मत चयन  भएका छन् । 

यस्तै सदस्यहरूमा जिवराज अधिकारी, खेन्टु गिरी, दुर्गा प्रसाद जैसी, शान्ता खनाल, सिवा लम्साल, खेतु प्रसाद भण्डारी, भुमा कुमारी भण्डारी निर्विरोध चयन भएका छन् । । यस्तै गरी लेखा समितिको संयोजकमा सूर्य प्रसाद शर्मा, सदस्यहरूमा तुलसी प्रसाद भण्डारी र केशव बहादुर बस्नेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार