तुलसीपुरका अग्निपीडित आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १४ गते शनिवार


 दाङ :  तुलसीपुर उद्योग  वाणिज्य संघले आफ्ना अग्निपीडित व्यवसायिहरूले साढे ५ लाख बढि रकम सहयोग गरेको छ ।  तुलसीपुर ५ ङ  र तुलसीपुर ७ पर्सेनीका अग्नि पीडित  व्यवसायीलाई सङ्घका अध्यक्ष रामप्रसाद चालिसे, निवर्तमान अध्यक्ष , पूर्व अध्यक्ष ,बरिष्ठ उपाध्यक्ष ,महासचिव ,कोषाध्यक्ष, सल्लाहकार ,सदस्य लगायतको कार्यसमितिको टोलीले  उनीहरूलाई चेक हस्तान्तरण गरेको थियो ।

बिभिन्न उपसमिति, सङ्घसंस्था र कार्यसमितिबाट सङ्कलन भएको रकम  हस्तान्तरण गरिएको हो । तुलसीपुरका अग्नि पीडितहरूलाई ५ लाख १ हजार  र  पर्सेनीका   अग्निपीडितलाई ५१ हजारका दरले रकम उपलब्ध गराएको वाणिज्य सङ्घका महासचिव  विनिल  केसीले जानकारी दिए ।

  त्यस्तै  तुलसीपुर ७ पर्सेनी निवासै अग्निपीडित सुमित्रा वलीलाई पूर्व विद्यार्थीहरूले पनि शनिवार आर्थिक सहयोग गरेका छन । तुलसीपुरमा रहेको महेन्द्र माविका २०४९ – ५० सालका ब्याजका विद्यार्थीहरूले ढेड लाख बढि रकम सहयोग गरेका हुन् ।

आगलागीका कारण लाखौँको क्षति भएपनि आफ्ना ब्याजका साथीहरूबाट एक लाख ५१ हजार ५१० रुपैयाँ संकलन गरी पीडितलाई सहयोग गरेको अभियान कर्ता पदम पोख्रेलले बताए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार