तुलसीपुरलाई उद्यमको सहर बनाउनुपर्छ : मेयर पाण्डे 

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १४ गते शनिवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई उद्यमको सहरका रुपमा विकास गर्नुपर्ने बताए ।  शनिबारदेखि तुलसीपुरमा सुरु भएको मेयर दिगो उद्यमशीलता बुट क्याम्पको उद्घाटन गर्दै उनले एउटा घर, एउटा कार र मासिक पचास हजार रुपैयाँ कमाउनका लागि उद्यमको विकल्प नभएको पनि बताए ।

   उनले रहर गरेर मात्र नहुने बताउँदै त्यसका लागि नयाँ सोच, बिचार र दृष्टिकोणले मात्रै परिवर्तन ल्याउने बताए ।  त्यसैगरी उनले प्रकृति र संस्कृतिलाई समेत उद्यमसँग जोड्नु पर्ने बताए ।   पिँजा ,  बर्गर , चाउचाउ भन्दा पनि स्थानीय स्तरमा उत्पादित, ढिँडो, रोटी, खाजा, सेल, ढिक्री, यमरी, लस्सीजस्ता खानेकुराको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

 कार्यक्रममा एफटी जी नेपालका अध्यक्ष डा. सुनिल चित्रकार, हस्तकला महासंघ दाङका अध्यक्ष अशोक थारू, पारिवारिक निजी वन संघका उपाध्यक्ष मेघराज भुसाल, ग्रीन फाउण्डेसन दाङका सचिव सुरेश रावत, राधिका न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।   

तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उद्योग शाखा प्रमुख रेवा रावतले गरेकी थिइन् ।  शनिबारबाट सुरु भएको बुट क्याम्प १६ गतेसम्म सञ्चालन हुने छ ।  

बुट क्याम्पमा उत्पादन, बजार, व्यवसायीक र लागत योजनासँगै मूल्य शृङ्खलाका विषयमा सहभागीलाई सिकाइने छ । उद्यम सञ्चालन गरिरहेका र नया उद्यम गर्न चाहने ४० जना युवा युवतीहरूको सहभागिता रहेको छ । अन्तिम दिन सोमबार उत्पादित वस्तुहरूको प्रर्दशनी गरिने छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार