दाङ : दाङमा एक किराना पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा बिहीबार बिहान करिव साँढे ३ बजेतिर स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको ईलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
आगलागीबाट झण्डै १८ लााख बराबरको क्षति पुगेको प्रहरीले बताएको छ । पसल रहेको घरमा जडान गरिएको बिजुलीको तार सट भएर आगो लागेको हो । तुलसीपुर उपमहानगरको दमकल, सुरक्षाकर्मी,स्थानीयबासीहरुको सहयोगमा आगो केही समयमै नियन्त्रणमा आएको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस