काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मंगलवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशका विभिन्न स्थानमा सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार देशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।