देश ठग्‍नेहरूलाई एक साताभित्र ठेगान लगाउँछु : मन्त्री आले

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ९ गते सोमवार

फाइल तस्बिर

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहीको दायराभित्र ल्याएर ठेगान लगाउने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस– २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन्।

कार्यक्रममा उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए। उनले भने, ‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभुमिलाई साक्षी राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु। यो ट्रेलर मात्रै हो अब तपाईहरु एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार