बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ९ गते सोमवार

बैतडी :  बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  ६ जना घाइते भएका छन्। सोमबार अपरान्ह पाटन नगरपालिका ३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दुर्घटना भएको हो। मृत्यु हुनेमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। विष्ट र अवस्थी स्थानीय सिगास माविका विद्यार्थी हुन्।

स्कुल सकेर घर फर्किरहेका विद्यार्थीहरु बीच बाटोमा टिप्परमा चढेका थिए। टिप्पर मोड्ने क्रममा अपरान्ह साढे ४ बजेतिर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। घाइते विद्यार्थीलाई उपचारका लागि डडेल्धुरा पठाइको उनले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार