लागू औषध ब्राउन सुगरसहित २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ९ गते सोमवार

 दाङ :  इलाका प्रहरी कार्यालय तुलसीपुरले लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  तुलसीपुर उपमहानगरपालिका ५ न्युरोड बस्ने भुपलाल बिक र  तुलसीपुर १८ हेमन्तपुर बस्ने २६ वर्षीय देवराज देवकोटा रहेको इप्रका तुलसीपुरले जनाएको छ ।

 तुलसीपुर तथा आसपासमा स्थानहरूमा लागू औषध खरिद बिक्री बितरण, ओसार पसार तथा सेवन गर्ने ब्यक्तिहरूको गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुर दाङबाट विषेश प्रहरी टोली परिचालित भई उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आइतबार  बेलुका  करिब ५ बजेतिर विकलाई उनको घरको कोठामा फेला पारी  खानतलासी गर्दा पाइन्टको गोजीमा प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा १७ वटा पुडिया , अर्थात ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको हो ।  

त्यस्तै देवकोटालाई बेलुका करिब ६ बजे उनकै घर कोठामा फेला पारी खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट १५ वटा पुरिया र थप कोठामा रहेको स्टिलको दराजमा लुकाई राखेको अवस्थामा राखेको गरी  ३ ग्राम ६८० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार