जीवनस्तर बदल्न प्राकृतिक श्रोतको पहिचान गरी उपयोग गरौँ : मेयर  पाण्डे

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ७ गते शनिवार

दाङ :  तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले प्राकृतिक श्रोतको पहिचान गरी उपयोग गर्न सकेमा जीवनस्तर बदल्न सकिने बताए ।   उपमहानगर  र ग्रीन फाउण्डेसन नेपाल दाङको  संयुक्त आयोजनामा शनिवार तुलसीपुरमा दिगो वन व्यवस्थापन र वन तथा कृषि उद्यमशीलता विषयक सञ्चार गोष्ठी कार्यक्रम बोल्दै मेयर पाण्डे  नेपालमा प्रसस्त कृषि, जल, जमिन र जङ्गल पाइने भएको हुँदा यसलाई दिगो व्यवस्थापन गरी बजारीकरण गर्न सकेमा राम्रो आम्दानी हुने उनले बताए ।

फाउण्डेसन नेपाल दाङका कोषाध्यक्ष खुम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उनले   प्राकृतिक श्रोत, संस्कृतिको पहिचान तथा संरक्षण गरेर यसको प्रयोगबाट मुलुकको अर्थतन्त्रमा ठुलो परिवर्तन आउने उनले बताए । प्रसस्त मात्रामा पाइने जल, जङ्गल र जडिबुटीको उचित व्यवस्थापन नहुदाँ व्यापार व्यवसायमा देशले घाटा ब्यहोर्नु परेको बताउँदै उनले यसको पहिचान गरी बजारीकरण गर्न सके राम्रो आम्दानी हुने बताए । प्राकृतिक श्रोत र संस्कृति अहिले मुलुकको अर्थतन्त्रको बलियो आधार भएको उनको भनाई छ ।

साथै उनले प्राकृतिक श्रोत पहिचान र संरक्षणका लागी सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रकृति, संस्कृतिको सही उपयोग गर्न सके मात्रै समृद्धिको यात्रा पुरा हुने बताए ।उनले स्थानीय कृषिजन्य बस्तुको दिगो व्यवस्थापन गरेर कृषकहरूको जीवनस्तर बदल्न सकिने बताए । कृषि, वन उद्यमलाई दिगो व्यवस्थापन गरे रोजगार सिर्जना हुने र यसबाट आत्मनिर्भर बन्नका लागी दिगो वन व्यवस्थापनको अवधारणालाई अघि सारिएको उनले बताए ।

सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, संस्कृतिविद् अशोक थारू, पत्रकारहरू सुशील बस्नेत , खेमराज रिजाल, तुलसीपुर उपमहानगरपालिका उद्योग शाखा प्रमुख रेवा रावत, पर्यटन शाखा प्रमुख यशोदा वली, सूर्यदय महिला सामुदायिक उद्यमी समुहकी अध्यक्ष शर्मा चौधरी ,शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहका उपाध्यक्ष जागेश्वर भण्डारी ,पकरे सामुदायिक वन उपभोक्ता समुहका पूर्ण बहादुर केसी लगायतले स्थानीय स्तरमा उत्पादन भएका कृषि वन्यजन्तुहरूको उचित बजार व्यवस्थापन हुनु पर्ने बताएका थिए । उनीहरूले किसानहरूले उत्पादन गरेका कृषिजन्य बस्तुले बजार नपाएर समस्या भएको भन्दै यसको उचित बजारीकरणमा ध्यान दिनुपर्ने र उनीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तैगरि स्थानीय हस्तकला सामग्रीहरूको पनि उचित बजारीकरण हुनु पर्नेमा उनीहरूले जोड दिएका छन् । स्थानीय सरका उत्पादनजन्य बस्तुले बजार नपाउने र बाहिरबाट सामानहरू आयात भइरहेको भन्दै यस प्रति स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरूले बताएका छन् ।सो अवसरमा बबई गाउँपालिका स्थानीय वन कार्यक्रम संयोजक सिर्जना शर्माले बन सम्बन्धी बनको प्रयोग तथा सदुपयोगका बारेमा दिगो वन व्यवस्थापनको अवधारणा प्रस्तुत गरेकी थिइन । तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेसन नेपाल तुलसीपुरका कार्यक्रम संयोजक तेजराज वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार