४५ दिने ढकिया बुन्ने तालिम समापन

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ६ गते शुक्रवार

दाङ :  दंगीशरण गाउँपालिकामा सञ्चालित उद्योगहरूको स्तरोन्नति तालीम कार्यक्रम  अन्तर्गत  ४५ दिने ढकिया बुन्ने तालिमको  शुक्रवार समापन भएको छ । थारू हस्त निर्मित वस्तुहरूको जगेर्ना गर्ने महिलाहरूलाई  व्यवसायिक  बनाउने उद्देश्यले तालिमका आयोजना गरिएको हो ।

तालीममा दंगीशरणका २० जना थारू महिलाहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै सहभागीहरूले अबको दिनमा सिकेका सीपलाई व्यवहारमा लागू गरि ढकिया उत्पादन गर्न तर्फ आफू अग्रसर हुने बताए ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । दंगीशरणमा कोसेली घर निर्माण भइसकेकाले कोसेली घरमा सजावट स्वरुप राख्ने र यही बाट बिक्री वितरण गर्न सकिने बताए ।

थारू जातीको बाहुल्यता रहेको दंगीशरणमा थारू पहिचान दर्शाउने सामान उत्पादनमा कमी नहोस् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । “हरेक चिज वस्तुको प्रवर्द्धन गर्न जरुरी छ र समृद्ध दंगीशरण निर्माणमा जुट्नु छ, ” अध्यक्ष चौधरीले भने । गाउँघरमा पाइने कच्चा पदार्थको उपयोग गरि व्यवसाय सञ्चालन गर्नका लागि महिलाहरू अग्रसर हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार