लेखा प्रणाली चुस्त दुरुस्त राख्नुस् :  अध्यक्ष घर्ती  

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ६ गते शुक्रवार


दाङ : नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश दाङले संघको  पाचौँ स्थापना दिवसको उपलक्ष्यमा तुलसीपुरमा शुभकामना आदान प्रदान तथा एक दिने लेखा व्यवस्थापन तालिम कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक अडिटर्स एसोसिएसन अफ नेपाल दाङ शाखाका अध्यक्ष ललित बहादुर घर्तीले  करसँग सम्बन्धित आधारभुत विषय वस्तुमा प्रकाश पारेका थिए । उनले कार्यक्रममा कुनै पनि व्यवसाय गर्ने व्यक्तिले खरिदबिक्री बिल, खरिदबिक्री खाता, स्टक तथा खर्च विवरण लगायत सम्पूर्ण लेखा प्रणाली चुस्त दुरुस्त राख्नु पर्नेमा जोड दिए ।

  संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शेषकान्त ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  करिव २५ जना औषधी थोक व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य शरदराज शर्मा र देव बहादुर बस्नेत लगायतले शुभकामना दिए ।

 कार्यक्रममा संघका सचिव दीपेन्द्र न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए, भने कार्यक्रमको सहजिकरण महासचिव तुफान बाबु श्रेष्ठले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार