सासुको हत्या गरेको आरोपमा बुहारीसहित एक छिमेकी पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ५ गते बिहिवार


दाङ : दाङमा प्रहरीले सासुको हत्या गरेको आरोपमा बुहारीसहित छिमेकीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका  खानीगाउँ २३ वर्षीया बुहारी बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

५५ वर्षीया सासु इन्द्र कुमारी घर्ती र बुहारी बसन्ती बिच घरायसी विवादका कारण बसन्तीले सासु इन्द्र कुमारीको टाउकोमा काठको मुग्रोले हिकाएकी थिइन ।    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद  रिजालका अनुसार बुधबार बिहान इन्द्र कुमारी  आफ्नै घर नजिकै छिमेकीको घरमा न्वारन  खान गएकी थिइन् ।  

तर, रातीसम्म पनि घरमा नआएपछि घरका आफन्तहरूले खोजतलास गर्दै जादा  बिहीबार बिहान करिब ८ बजेतिर घर देखि नजिकै रहेको खोल्सामा रगताम्य भएको  अवस्थामा मृत फेला पारेका थिए ।
बुहारी बसन्तीले टाउकोमा काठको मुग्रोले हिर्काई अचेत भए पश्चात छिमेकी दुर्गाको सहयोगमा दुबै जना मिली घर नजिकैको बारीको ढिकबाट खोल्सोमा खसाली हत्या गरेको भनी उनीहरूको प्रारम्भिक बयानबाट खुल्न आएको प्रवक्ता रिजालले जानकारी दिए । 

 प्रहरीका अनुसार घटना भएको  सूचना प्राप्त हुनासाथ जिप्रकाबाट निरीक्षक झबिन्द्र परियार सहितको टोलीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो । त्यस्तै घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार