स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ५ गते बिहिवार

काठमाडौं : निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोजले जनाएको छ । त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्नेछ ।

यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्ट अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।यसैगरी, राजनीतिक दलको संगठनात्मक स्वरुप केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तर छ–छैन खुलाउने र स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला पनि दल दर्ता गर्दा खुलाउनुपर्ने आयोगले जनाएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार