दाङमा छोराद्वारा आफ्नै बुबाको घाँटी रेटी हत्या

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ४ गते बुधवार


दाङ :  दाङमा छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।  शान्तिनगर गाउँपालिका ३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय कर्ण बहादुर मगरको घरमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  बुधबार दिउँसो  करिब १ बजेतिर  गोपालले आफ्नै घरको  आँगनमा  बुबाको घाँटी रेटेर हत्या गरेका थिए ।

बुबाको हत्या घाँटीमा रेटी हत्या गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी चिराघाट   र इलाका प्रहरी कार्यालय खिलतपुर दाङबाट गएको प्रहरी टोलीले गोपाललाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार