बन्दका कारण बजार विहानै देखी सुनसान

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन ४ गते बुधवार

 दाङ :  एमसिसी  खारेजीको माग गर्दै विभिन्न राजनीतिक दलहरूको गरेको बन्दका कारण दाङमा प्रभाव परेको छ  । बजार क्षेत्र बिहानै देखी सुनसान बनेका छन्, भने यातायात क्षेत्र पनि बन्द भएका छन् । छिटफुट रुपमा सवारी साधन सञ्चालन भएपनि लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन चल्न सकेका छनन । एमसिसी राष्ट्र र जनताको हित विपरित भएकाले यसका विरुद्धमा आमहड्तालको घोषणा गरिएको छ ।

वैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पाटी ,ऋषि कट्टेल नेतृत्व नेकपा , नेकपा माओवादी केन्द्र समाजवादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संयुक्त आयोजनामा देशव्यापी रुपमा आमहड्तालको घोषणा गरिएको हो ।

बुधवार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सम्पूर्ण यातायात क्षेत्र, शैक्षिक संघसंस्था, बजार, कार्यालय र कलकारखानाहरू बन्द हुने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले जानकारी दिए ।

साथै आफूहरूको आन्दोलन प्रति ऐक्यबद्धता जनाई सहयोग गर्न  उनले  सबैमा अपिल गरे ।।बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी परियोजना पेश हुन लागेको भन्दै यसको विरुद्धको आमहड्तालको घोषणा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार