घटना व्यवस्थापन तथा आधारभुत सहायता सीप  तालिमको  समापन

Author Logo..
अनलाइन राप्ती २०७८ फाल्गुन १ गते आइतवार


देउखुरी दाङ :  राप्ती गाउँपालिकामा सञ्चालनमा रहेको घटना व्यवस्थापन तथा आधारभुत सहायता सीप सम्बन्धन तिन दिने अभिमुखीकरण तालिमको समापन गरिएको छ ।  व्याकवार्ड सोसाइटिज एजुकेसन बेसको आयोजनामा राप्ती गाउँपालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरेको हो ।

आइतबार गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख  आतिथ्यतामा , शिक्षा प्रमुख विश्वास विकको विशिष्ट  आतिथ्यतामा घटना व्यवस्थापन तथा आधारभुत सहायता सीप सम्बन्धी तिन दिने अभिमुखीकरण तालिमको समापन गरिएको हो ।

तालिममा जोखिममा परेका तथा सहयोगको आवश्यकता भएका बालबालिका र परिवारको पहिचान पश्चात उनीहरूलाई आवश्यक सहयोग तथा सेवा प्रत्यक्ष रुपमा नै उपलब्ध गराउने वा अन्य उचित निकायमा सिफारिस गरी सोबाट सेवा पूर्ण रुपमा प्राप्त गराउने प्रक्रिया बारे जानकारी दिइएको थियो ।  

घटना व्यवस्थापन तथा आधारभुत सहायता सीप सम्बन्धी प्रशिक्षण बेसका  क्षत्रीय  सचिव पटवारी यादव, समाज परिचालक चन्द्र कला रोका र खगीसरा खड्काले  दिएका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार