मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारको टिम बिजयी

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २९ गते शनिवार

दाङ  :  मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ । घोराही उपमहानगरपालिका १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले शनिवार आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५-६ गोल अन्तरले पत्रकार महासंघको टिम बिजयी भएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर।के।शीतल र गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापाको कप्तानीमा भएको खेलमा महासंघको टिमले ५ का विरुद्ध ६ गोल गर्दै बिजयी भएको हो । पहिलो हाफमा १-२ गोल अन्तरले पछि परेको महासंघको टिमले दोश्रो हाफमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै कमव्याक जित निकालेको हो ।

महासंघको जितका लागि सुशील चौधरी, दिपक वली, प्रविन बुढाथोकी, जीवन मल्ललगायतका खेलाडीहरुले गोल गरेका थिए भने गुरुकुलकातर्फबाट सन्दीप वलीलगायतका खेलाडीले गोल गरेका थिए । प्रतियोगितामा बिजेता टिम नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायतको टिमलाई गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापालगायतले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार