जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २९ गते शनिवार

दाङ :  दाङमा जन्ती सवार गाडी दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । भारतबाट दुलही लिन कोइलावास हुँदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतीय नम्बर प्लेट यूपी ४६ टि २८३७ पिकअप भ्यान गढवा गाउँपालिका ५ चिसापानी नजिक दुर्घटना भएको प्रहरीले बताएको छ । भारत उत्तरप्रदेशको शङ्करपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको भ्यान शुक्रबार साँझ ७ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ । दुलाहा भने अर्को गाडीमा सवार भएको हुँदा दुर्घटनामा नपरेको प्रहरीले बताएको छ । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार