दाङमा फागुन १ गते देखि भौतिक रुपमा पठनपाठन सञ्चालन हुने

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २८ गते शुक्रवार

दाङ :  दाङमा फागुन १ गते देखि भौतिक रुपमा पठनपाठन सञ्चालन हुने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले १२ वर्ष पूरा भएका  विद्यार्थीहरूको  हकमा भने नियमित कक्षा सञ्चालन गर्ने निर्देशन दिएको छ । तर १२ वर्ष पुरा नभएका विद्यार्थीहरूको हकमा भने आलोपालो गरेर कक्षा सञ्चालन गर्न समेत आदेश दिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । 

होटेल, रेष्टुरेन्ट, डान्सबार लगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल तथा फुटसल आदी जनस्वास्थ्य तथा स्वास्थ्य मापदण्ड पालन गरी राति ९ बजे सम्म पनि सञ्चालनको अनुमति दिएको उनले जानकारी दिए ।  बिभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरि सञ्चालन गर्न र पार्टी प्यालेसहरू पनि बढिमा ५० प्रतिशत वा १०० जनामा नबढ्ने गरि सञ्चालन गर्न, अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार