तुलसीपुर आगलागी घटना : मृत्यु हुने ५ जनाको सनाखत

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २८ गते शुक्रवार

दाङ : दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ज्यान जाने ५ जनाको सनाखत भएको छ । शुक्रबार बिहान करिब पौने २ बजे आगलागीमा परी चार पुरुष र एक बालिकाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुल्सिपुर उपमहानगर पालिका ५ बस्ने अन्दाजी वर्ष १४ की साजिदा खातुन, सोही ठाउँ बस्ने वर्ष १५ वर्षीय हसन बकस, १७ वर्षका मसिन बकस, ४२ वर्षका नजरदीन अलि, ६ वर्षका आबिददीन अलि रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ । उनीहरूको उद्धार गर्न पुगेका सोही ठाउँ निवासी ३८ वर्षीय अमर डाँगी अचेत अवस्थामा भएको र उनको उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार