तुलसीपुरको जुत्ता चप्पलको होलसेल पसलमा आगलागी

Author Logo..
शरद रेग्मी २०७८ माघ २८ गते शुक्रवार


दाङ :  दाङको तुलसीपुर उपमहानगरपालिका  ५ ‘ङ’ लाइन स्थित एक घरमा आगलागी भएको छ । आगलागी हुँदो सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ, भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

विद्युतको मिटर पड्कँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शुक्रबार राति २ बजेदेखि आगलागी भएको बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

‘अहिले आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ”, उनले भने‘ अझै क्षतिको विवरण आउन सकेको छैन ।’ स्थानीयले भने अनुसार सोही घरमा बस्ने ३ जना घर भित्रै रहेको र उनीहरूलाई उद्धार गर्न सकिएको छैन । क्षतिको विवरण अझै आउन सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् ।  पहिलो तलाबाट सुरु भएको आगलागी चौथो तलासम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार