दाङ–सुर्खेत सडकखण्ड मर्मत : यात्रु भन्छन्, जानकारी नहुँदा सास्ती भयो, निर्माण कम्पनी भन्छ जानकारी दिएका छौँ

Author Logo..
गणेश न्यौपाने २०७८ माघ २७ गते बिहिवार

कालिमाटी :  दाङ – सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने सल्यानको काल्चे डाँडामा सडक विभागले कुनै पनि सूचना जानकारी सडकको मर्मत गर्दा यात्रुहरूले सास्ती भोग्नु परेको गुनासो गरेका छन् । सल्यान र सुर्खेतको सिमानामा पर्ने काल्चे डाँडामा  विना जानकारी सडक मर्मत हुँदा यात्रुहरूले घन्टौँ सम्म जाममा पर्ने गरेको गुनासो गरेका छन् ।

  स्थानीय सावित्रा खत्रीले सडक निर्माण हुनु राम्रो भएयता पनि सम्बन्धित निकायले कुनै पनि सूचना जानकारी नगराउँदा आफूहरू जस्तै सयौँ यात्रु तथा गाडीहरू घन्टौँ सम्म जाममा पर्ने गरेको गुनासो गरिन् ।  उनले भने,‘ घरबाट आइयो  । तर, यहाँ सडक बन्दै रहेको रहेछ । हामीलाई थाहा भएन । ३ घण्टामा भयो जाममा परेको । यदि थाहा भएको भयो, त्यही अनुसार यात्रा गरिन्थ्यो । सडकको काम गर्नेहरूले कि सुर्खेतको मालारानी र कि सल्यानको कालिमाटीमा जानकारी दिनु पर्ने हो । जानकारी नदिँदा यसरी जाममा परिएको छ । ’

त्यस्तै उनले घन्टौँ सम्म जाममा परेपछि बाटो बनाइरहेका जेसिभीहरुलाई सहज गराउन आग्रह गर्दा पनि हाकिमको आदेश भन्दै काम गरिरहने गरेको गुनासो पनि गरिन् । त्यस्तै उनले बाटो मर्मत गरेपनि कि यात्रुहरूलाई जानकारी दिनु पर्ने र नभए वैकल्पिक बाटोको ब्यवस्था हुनु पर्ने पनि बताइन् ।  त्यस्तै अर्का यात्रुले रमेश पाण्डेले पनि आफू ३ घन्टादेखि जाममा परेको गुनासो गरे । उनले आफूलाई दाङ जना हतार भएयता पनि सडक मर्मतको जानकारी नपाउँदा ३ घन्टा सम्म जाममा परेको बताए । 

यता निर्माण व्यवसायी बलराम शर्माले भने आफूहरूले सडक आयोजनालाई जानकारी गराएको बताए । उनले बिहान ७ बजेदेखि ११ बजेसम्म सडक निर्माणको काम हुने समेत बताए । त्यस्तै ११ देखि एक बजेसम्म बन्द हुने र त्यसपछि १ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्ने गरेको समेत बताए । 

त्यस्तै उनले सल्यानको कालिमाटी र सुर्खेतको बोटेचौरमा रहेको प्रहरी चौकीमा सडक निर्माणको कार्य जारी रहेको हुँदा सडक बन्द हुने बारेमा पत्राचार गरी जानकारी गराएको पनि बताए ।  त्यस्तै उनले प्रहरीहरूले यात्रु तथा  गाडीहरूले जानकारी दिएको भएयता पनि अटेरी गर्दै आउने गर्दा उनीहरु जाममा पर्ने गरेको पनि बताए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार