अञ्जु पन्तको गुनासो : ओरिजिनल गायक–गायिकाको नामसमेत उल्लेख नहुनु दुःखद

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २६ गते बुधवार

काठमाडौँ : चर्चित गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ लाई नेपाल आइडलकी सहभागी रचना रिमालले ‘नयाँ भर्सन’ मा गाएपछि त्यसको पक्ष र विपक्षमा बहस र विवाद भइरहेको छ । अहिले सो विवादमा गीतकी ओरिजिनल गायिका अञ्जु पन्तले समेत मुख खोलेकी छन् । उनले नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नामसमेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुन दुःखद् भएको बताएकी हुन् ।

‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ,’ उनले भनेकी छन्, ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार